arrow

'काँग्रेससँग दुई विकल्प छन्'

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
nidhi6.jpg

वीरगन्ज । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनर्स्थापना र निर्वाचन दुई विकल्प रहेको र  लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनर्स्थापना या निर्वाचनमा जानुपर्ने बताए ।

सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्वउपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए ।

उनले काँग्रेस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पार्टी  तयार रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ