arrow

निर्वाचन आयोगमा पदाधिकारीको जिम्मेवारी बाँडफाँड: दलीय विवाद आयुक्त भण्डारीले हेर्ने

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
election-commission-nepal.jpg

काठमाडौं । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्तसहित सबै आयुक्तहरुको कार्यविभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ ।

आयोगको गत शुक्रबार बसेको पदाधिकारी बैठकले सबैको कार्यविभाजन गरेको हो । जसअनुसार दलीय विवाद, दल दर्ता सहित दल नियमनको जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिइएको छ । उनले अब नेकपा भित्रको विवादका विषयको निरुपणलाईसमेत अघि बढाउने छन् ।

आयोगले कानुनका क्षेत्रमा विशेष अनुभव भएकालेसमेत उनलाई सो जिम्मेवारी दिएको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा दलीय विवादका बारेमा आएका पत्रलाई राजनीतिक दल सम्वन्धि र कानुन शाखासहित विभिन्न शाखाले अध्ययन गरेपछि आयुक्त भण्डारीलाई राय दिने र आयुक्त भण्डारीले अध्ययन गरेर आयोग बैठकमा पेस गर्ने, त्यसपछि आयोगले विवादको निरुपण के कसरी गर्ने विषयमा निणर्य लिने जानकारी दिए ।

नेकपाको प्रचण्ड-माधव समूहले गत २० माघमा पार्टीको आधिकारिकता माग दाबी गर्दै पत्र दर्ता गराइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ