arrow

संवैधानिक आयोगको नियुक्ति बदरको माग गर्दै सभामुख सापकोटाद्वारा रिट दायर

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
Agni_sapkota.jpg

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।

सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन्। 

सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरु पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए ।

सभामुख सापकोटाले यसअघि प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गर्दै आएका छन् । 

यसैबीच रिट दायरपछि सापकोटाले शुक्रबार मध्यान्न पत्रकारहरुसँग भेटघाट कार्यक्रम तय गरेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । भेटघाटका क्रममा सापकोटाले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ