arrow

नेकपाका ८१ जना नेता कार्यकर्ता पक्राउ, उपत्यकाका सडकमा ४५ सय प्रहरी परिचालन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ २२ बिहिबार
banda-chabahil.jpg

काठमाडौं। नेकपाको प्रचण्ड-माधव समूहले बिहिबार गरेको आम हडताल क्रममा प्रहरीले काठमाडौं उपत्यकाबाट अहिलेसम्म ८१ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी शुशिलसिंह राठोरका अनुसार नेकपाको प्रचण्ड-नेपाल समूहले गरेको हड्तालका क्रममा बिहिबार साढे २ बज्दासम्म ८१ जना नेता कार्यकर्ता पक्राउ गरिएको जानकारी दिए । 

उनका अनुसार प्रहरीले सवारीलाई अवरोध गर्ने, पसल बन्द गराउँदै हिड्ने र सवारी साधनमा तोडफोड गर्नेहरूलाई पक्राउ गरेको हो । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाउन र सम्भावित क्षति रोक्न भन्दै ४ हजार ५ सय भन्दा बढी प्रहरी परिचालन गरेको जनाएको छ । 

नेकपा नेतृ पम्फा भुसालले भने नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहित काठमाडौंबाट ७८ जना र ललितपुरबाट चार जनालाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिइन । 

उनका अनुसार नेतृ शाक्यसहित, नेताहरू हितमान शाक्य, अमृता बोहरा, विजय पौडेल, रमेश मल्ल लगायतका नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेतृ शाक्यलाई भने प्रहरीले बिहिबार बिहानै कलंकीबाट पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ