arrow

सभापतिलाई तत्काल केन्द्रीय समिति बैठक बोलाउन भनेको छु : रामचन्द्र पौडेल

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ माघ २२ बिहिबार
Ramchandra-Poudel.jpg

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।वरिष्ठ नेता पौडेलले वर्तमान राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि तत्काल बैठक बोलाउन सभापति देउवालाई आफूले भनेको बताएका हुन ।

उनले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको र संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायकामा असंवैधानिक नियुक्ति भएको पनि भनेका छन् ।

‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भई रहेका छन् । संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो, यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।’ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ