arrow

सर्लाहीमा काँग्रेसको प्रदर्शन

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
sarlahi-congress.JPG

सर्लाही ।  नेपाली काँग्रेसका १३ वटै भातृ सङ्गठनले सोमबार सर्लाहीसहित ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गरेको छ । आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सोमबार प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

जस अन्तर्गत सोमबार सर्लाहीमा नेपाली काँग्रेसले मलगंवा नगरपालिकाको शहिद चौकमा विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष सूर्यनारायण रायको अध्यक्षता तथा नेपाल विद्यार्थी सङ्घका नेता युवराज देवकोटाको सञ्चालन रहेको थियो ।

 प्रदर्शनमा आमन्त्रित केन्द्रीय सदस्य जंगीलाल राय र शम्भुलाल श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला उपाध्यक्ष द्वय सुरेन्द्र प्रसाद सिंह र राम बलि साह, जिल्लाका पूर्व पार्टी सभापति लक्ष्मण राय र महेन्द्र साह, नेपाली काँग्रेसका मलगंवा नगरपालिकाका नगर समिति सभापति चन्द्र किशोर साह लगायत काँग्रेसका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसको १३ वटै भातृ सङ्गठनका प्रतिनिधिहरूले प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन गर्ने निर्णय गैर संवैधानिक भएकाले यस निर्णयलाई खारेज गरेर संसद् पुनर्स्थापना गर्नुपर्ने धारणा राखेका कार्यक्रम सञ्चालक युवराज देवकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ