arrow

ओली कम्युनिष्ट आन्दोलनका बेइमान, ठग र धूर्त पात्र : प्रचण्ड

logo
विवेक मिश्र,
प्रकाशित २०७७ माघ १६ शुक्रबार
prachanda-birodh-aabhas.jpg

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली नेपाली कम्युनिष्ट आन्दोलनका बेईमान , ठग र धुर्त पात्र भएको बताएका छन् । शुक्रबार विराटनगरमा आयोजित प्रदेश १ स्तरीय विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका बेईमान , ठग र धुर्त पात्र  प्रधानमन्त्री ओली प्रतिक्रान्तिको गोटी भएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री प्रतिक्रियावादीहरुको गोटी भएको र दलाल पूँजीपतिहरुको घेराबन्दी बसेर देशको सार्वभौमिकतालाई नै विघटन गर्ने प्रयास गरिरहेको आरोप लगाए।  ‘यो सार्वभौम नेपाललाई विघटन गर्ने षड्यन्त्र हो,’ प्रचण्डले भने ‘नेपालको सार्वभौमिकतालाई विघटन गर्न संविधान विघटनको प्रयत्नस्वरुप प्रतिनिधि सभा विघटन गरिएको हो तर जनता जागेपछि उनी चुट्कीका भरमा ढल्नेछन् ।’

जनताका प्रतिनिधिले इतिहासमा पहिलो पटक बनाएको संविधान विघटन गर्ने उद्देश्यबाट प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरित प्रतिनिधि सभा विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले जनताले प्रधानमन्त्री उक्त प्रयत्न असफल बनाउने चेतावनी दिए।

प्रधानमन्त्री ओली नेपाली कम्युनिष्ट आन्दोलनका बेईमान , ठग र धुर्त पात्र भएको भन्दै अध्यक्ष प्रचण्डले केपी ओलीले प्रतिनिधि सभा विघटन नहुने जिकिर पनि गरेका छन् । उनले प्रतिनिधि सभा जिवितै रहेको दोहोर्‍याउँदै आवश्यक परेको खण्डमा प्रतिनिधिसभाको बैठक बसेर ओलीलाई कारवाही गर्ने चेतावनी समेत दिए ।

‘आवश्यक पर्‍यो भने सभामुखले प्रतिनिधि सभाको बैठक आव्हान गर्नुहुनेछ र हामी सबै बैठकमा सहभागी हुनेछौं,’ प्रचण्डले भने ‘त्यो बैठकले प्रधानमन्त्रीलाई कारवाही गर्ने र प्रधानमन्त्रीबाट हटाउने छ ।’

नेकपालाई एकजुट बनाएर देशका सर्वहारा मजदुर किसानका लागि काम गर्ने तयारी गर्दागर्दै छोरी र छोराको मृत्यु भएको तरपनि अभियान नरोकेको उनको भनाई थियो । अध्यक्ष प्रचण्डले अब आफ्नो लागि देशका सबै युवाहरु आफ्ना भएको भन्दै देशका लागि केही गरेर मर्ने चाहना राखेको र व्यक्तिगत लाभका लागि केही गर्न जरुरी नभएको भन्दै प्रतिगमनका विरुद्धमा सशक्त भएर उभिन आग्रह गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ