arrow

इच्छामृत्युको बिल पास गरिदेउ – डा चन्द्र भण्डारी

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले इच्छामृत्युको विल पास गरिदन आग्रह गरेका छन् । सत्ता र शक्तिका कारण नेताहरुले आफ्नो भूमिका निभाउन नसकेको भन्दै उनीहरुको नाङ्गो नाच हेरेर बस्नुभन्दा इच्छा मृत्युको बिल पास गरिदिन आग्रह गरेका हुन् । 

उनले सामाजिक संजाल फेसबुकमार्फत सल्लाह भन्दै लेखेका छन्, ‘आज शहीद लाई सम्झना गर्ने दिन । अर्थ नबुझ्नेहरुले फूलमाला चढाएर शहीदको सम्झना गरेर सम्मान हुन्छ ? जसको  नियत नै खराव छ ।’

सच्चा शहीदको सम्मान नै हुन नसकेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै नेता भण्डारीले ‘जहिले पनि नेपालका सत्ताधारी नेताहरु पद, प्रतिष्ठा र सम्पत्तिको स्वार्थको लागि गुटबन्दी, झगडा, लफडा, लुटपाट, मारकाटमा रमाए तर जनतालाई हात लाग्यो शून्य ।’

सत्ता र शक्तिका कारण जनताको कहिल्यै भलो हुन नसकेकोतर्फ सचेत गराउँदै उनले भनेका छन्, ‘तिनीहरुका कारण युवायुवती अरबबाट बाकसमा बन्द भएर आइरहेका छन् । सन्तानसँग विछोडका कारण  बाबुआमा हिमाल र पहाडको टुप्पा र समतल भूमिको छाप्रोमा पानी बिना तड्पिरहेका हुन्छन् । चारैतिर पीडा नै पीडा छ ।’

उनले नेताहरुको बोलीको भरोसा नभएको भन्दै लेखेका छन् ‘अब तिनीहरुबाट जनतालाई आश र भरोसा दुवै छैन । न लाजको गन्ध छ न इमानको सुगन्ध । न तिनीलाई यी गलत कार्यबाट छोडाउन र जोगाउन सकिन्छ ?’

अन्त्यमा उनले लेखेका छन्, ‘तिनीहरुको नाङ्गो नाच निरीह भएर हेरिरहनु भन्दा इच्छा मृत्युको बिल पास गरी देउ । यसैबाट अर्को जुनीको यात्राको शुरुवात राम्रो हुन सक्दछ । शहीदलाई पनि आत्म शान्ति हुनेछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ