arrow

जनतालाई दुःख किन र के का लागि कमरेड ? –डा. चन्द्र भण्डारी

logo
प्रकाशित २०७७ माघ १० शनिबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जनतालाई दुःख नदिन कम्युनिष्ट नेताहरुलाई आग्रह गरेका छन् । कम्युनिष्टहरुलाई सत्ता चलाउनका लागि कांग्रेसले सबै कुरा मानेको र राजालेसमेत हाँस्दै सबै कुरा बुझाएर गएको प्रसङ्ग निकाल्दै डा. भण्डारीले भनेजस्तै गर्दा पनि किन यसरी जनतालाई दुःख दिएको भन्दै प्रश्न गरेका हुन् । 

उनले नयाँ नेपाल बनाउने कथित योजना सुनाएका कम्युनिष्टलाई जनताले डालाले खनाए जस्तै गरी भोट दिएको प्रसङ्गसमेत सम्झिँदै डा. भण्डारीले सामाजिक संजालमार्फत शनिबार बिहानै सिङ्गो देश नै सुम्पिएकामा अहिले कुनै पनि काम नगरी आपसी भागबण्डा नमिलेपछि फेरि किन जनतालाई दुःख दिएको भन्दै आक्रोश पोखेका हुन् । 

यस्तो छ उनको प्रश्नैप्रश्नको यो स्टाटस–

‘लालसलाम कमरेडहरु । कांग्रेसले तपाईहरुले भनेको मानेकै हो । राजाले हाँस्दै सबैकुरा बुझाएकै हुन् । जनताले डालाले खनाए जस्तै भोट दिएकै हुन् । देश सबै तपाईहरुलाई सुम्पिएकै हुन् । तारा झार्ने भाषण सुनेकै हो । खै त जनतालाई जलश्रोतसँग जोडौं भनेको ? खै त जनतालाई शिक्षा स्वाथ्य निःशुल्क दिउँ भनेको ? खै त एकीकृत बस्ती र सुरुंगमार्गको विकास गरौं भनेको ? खै त देशको सुरक्षाको लागि सीमानामा सुरक्षा निकाय राखौं हाम्रो सुरक्षा हामी आफै गर्दछौं भनेको रु खै त ठेक्का पट्टामा एक कम्पनीलाई दुईभन्दा बढी ठेक्का नदिउँ भनेको ? खै त भ्रष्टाचारीलाई कारवाई गरौं भनेको ? सत्तामा रहँदा जनताको आवाज बोल्न कस्ले रोकेको थियो कमरेड ? सरकार चलाउन नसक्ने ठूला कुरा गर्ने । काम नगर्ने । अब जनतालाई दुःख किन र के का लागि सास्ती दिने कमरेड ? तपाईहरु बीचको लेनदेन र भागबण्डाको झगडा जनताले गराएका हुन् कमरेड ? हैन भने जनतालाई किन दुःख दिने ?’

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ