arrow

प्रचण्ड-माधव समुहको जनप्रदर्शन शान्तिपूर्ण हुने

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
prachanda-madhavs.jpg

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार राजधानीमा गर्ने भनिएको जनप्रदर्शन शान्तिपूर्ण हुने सो पार्टीले जनाएको छ । संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर गरिने सो प्रदर्शन पूर्णतयः शान्तिपूर्ण हुने उक्त पार्टीको केन्द्रीय संघर्ष समितले जनाएको छ । संघर्ष समितिद्वारा बिहिबार जारी विज्ञप्तिमा आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न अपिल गरिएको छ ।

प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई बिथोलेर अराजकता र द्वन्द्वतिर लैजाने प्रयासप्रति भने सचेत रहेको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन् । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदूर र खेलकूद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने बताइएको छ ।

नेकपाले जनसमुदायलाई शान्तिपूर्ण, मर्यादित तर जुझारुरुपमा प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेको छ । “यो आन्दोलन, विरोध प्रदर्शन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मात्रै नभएर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था, संविधान र अग्रमनका पक्षधरको साझा आन्दोलन हो”, संघर्ष समितिका संयोजक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाद्वारा जारी संविधानमाथि भएको अन्याय विरुद्ध नेकपाले देशव्यापीरूपमा संघर्षको कार्यक्रम जारी राखेको छ । चरणबद्ध आन्दोलनको कार्यक्रमअन्र्तगत नेकपाले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यवधि निर्वाचनको मिति तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ