arrow

संसद विघटन : संवैधनिक इजलासमा मंगलबारको बहस सुरु

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
Supreme-Court-judges.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्बोच्च अदालतमा परेका मुद्दाहरुमा संवैधानिक इजलासमा मंगलबार पनि बहस सुरु भएको छ ।

बहस आइतबारदेखि निरन्तर जारी छ । मंगलबार रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्।

सोमबार रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए ।

गत पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि सोमबारदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु भएको हो ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ