संसद विघटन : संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग
प्रकाशित २०७७ माघ ४ आइतबार
902
Shares
काठमाडौं । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइका क्रममा निवेदकहरुले संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान निर्माणका क्रममा संसद् विघटनबारे कस्ता व्यवस्था राख्न छलफल भएको थियो भनेर जान्नुपर्ने भएकाले सो को रेकर्ड मगाउन माग गरेका हुन । यसअघि अर्का निवेदक सन्तोस भण्डारीले पनि उक्त रेकर्ड हेर्न माग गरेका थिए ।
निवेदकका तर्फबाट वकिलहरुले संविधान सभामा भएको छलफलको रेकर्ड मगाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आवश्यक परे मगाउन सकिने जवाफ दिएका छन् । ‘संविधान बन्दाखेरिका कुरा यसअघि पनि उठेका छन् । आवश्यक परे मगाउँछौं,’ जबराले भने ।
निवेदक भण्डारीले कोभिड–१९ को निःशुल्क उपचार गर्न नसक्ने सरकारले गरेको निर्वाचन घोषणाले अविश्वास उत्पन्न गरेको र खर्च कसरी ब्यवस्थापन हुन्छ भन्ने प्रश्न सोधेका थिए ।
संविधान सभाले संविधान लेख्दा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिने वा नदिने भन्नेमा लामो बहस भएकाले रेकर्ड माग भएको हो ।