arrow

नेविसंघका ४६ सालपछिका अध्यक्ष र महामन्त्रीहरुसँग सामूहिक अन्तरक्रिया, संसद पुनःस्थापना नभएसम्म संघर्ष

शुक्रबार दिउँसो माइतीघर मण्डलामा उल्टो जुलुस 

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
nebisangh-president-mahaman.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले २०४६ को ऐतिहासिक परिवर्तन पछिको नेपाल विद्यार्थी संघको नेतृत्व सम्हालेका अग्रजहरू पूर्व अध्यक्ष एवम् महामन्त्रीहरुसँग ‘समसामयिक राजनीतिक तथा सांगठनिक’ बिषयमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरेको छ । 

कार्यक्रममार्फत संघलाई अत्यन्त समसामयिक, फलदायी र सौहार्दताका साथ गहन र सान्दर्भिक विचार, मार्ग निर्देशन र सुझाव, सल्लाह  प्राप्त भएको नेविसंघ अध्यक्ष राजिब ढुंगानाले बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष एनपी सावदको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, बद्री पाण्डे, गोविन्द भटराई, गुरु घिमिरे, कल्याण गुरुङसहित संघका पूर्व अध्यक्ष, महामन्त्री तथा केन्द्रीय समितिका पदाधिकारीबीच छलफल भएको हो । 

छलफलमा केन्द्रीय समितिको विस्तार, महाधिवेशन उन्मुख गतिबिधि, सांगठनिक एवम् अन्य क्रियाकलाप र समसामयिक राजनीतिक, शैक्षिक र सामाजिक सन्दर्भमा गर्ने आन्दोलन र अन्य अभियानहरूका सम्बन्धमा गम्भीर छलफल भएको अग्रज नेतृत्व पङ्क्तिबाट सदैव साथ, सहयोग र शुभेच्छा रहने वचनवद्धता प्राप्त हुँदा थप उत्साह र हौसला प्राप्त भएको नेपिसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

कार्यक्रममा सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध सशक्त प्रतिरोध गर्न र पार्टीले घोषणा गरेको आन्दोलनलाई  प्रभावकारी बनाउन आफ्नो थप कार्यक्रमसहित नेविसंघ पूर्ण रुपले परिचालन हुनुपर्ने भन्दै अब केन्द्रीय समितिको पूर्णताका निम्ति पार्टी नेतृत्वसँग समन्वय र दबाब सृजना गरी तत्काल बिस्तार गराउन आबश्यक पहलको नेतृत्व लिने बताएको नेविसंघका महामन्त्री युबराज पाण्डेले बताए ।

कार्यक्रममा संघका पूर्व महामन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिगामी कदमका विरुद्ध आन्दोलन मार्फत सशक्त प्रतिवाद गर्दै संसद पुनर्स्थापना गराउन लाग्नुपर्ने र त्यसैले मात्र संविधानलाई सही बाटोमा ल्याउने भन्दै नेविसंघ लगायत भ्रातृसंस्थाको तत्काल पूर्णता दिइनुपर्नेमा जोड दिए । 

बिहीबार नै बसेको नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको बैठकले सरकारको प्रतिगामी कदमका विरुद्ध छुट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्नुका साथै पार्टीले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई सफल बनाउन र सक्रिय सहभागिताका निम्ति परिचालन हुन परिपत्र गरेको संघका महामन्त्री तिमल्सिनाले बताए । 

नेविसंघले केन्द्रीय समितिको आयोजनमा पुस २४ गते दिउँसो १ बजे माइतीघर मण्डलाबाट सरकारको प्रतिगामी कदमका विरुद्ध उल्टो हिँडेर विरोध प्रदर्शन (उल्टो जुलुस) गर्दैछ । त्यस्तै थप चरणबद्ध आन्दोलनका कार्यक्रम, कार्य समितिको पूर्णताका निम्ति आवश्यक दवाव, सांगठनिक गतिविधि लगायतका निर्णयहरु बिहीबार सार्वजनिक गरिने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ