arrow

नयाँ पार्टी गठन गर्दै हृदयेश त्रिपाठी 

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
hridesh-tripati.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन् । उनले स्वतन्त्र राजनीतिक समूहलाई सक्रिय गरिरहेको बताएका छन् । यही समूहबाटै नयाँ पार्टी गठन गरिने त्रिपाठीले जनाएका छन् । 

यद्यपि उनले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँगको सामित्यताले उतै पनि डोहोर्याउन सक्ने कुरालाई भने नकारेका छैनन् । जनता समाजवादी पार्टीबाट अलग्गिएपछि त्रिपाठीले स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्य बने पनि चुनाव चिन्ह भने तत्कालीन एमालेको सूर्यको प्रयोग गरेका थिए । 

सूर्य चिन्हले चुनाव जिते पनि उनले नेकपाका सांसदहरुको विभाजनमा आफूलाई कहिल्यै पनि राखेनन् । तर ओलीसँग सधै निकट हुँदै मन्त्री पद खाइरहेका छन् । 

पूर्व एमाले वा प्रधानमन्त्री ओलीसँग नजिक भएरै तत्कालीन अवस्थामा चुनावमा होमिएको तर नेकपाका योजना स्पष्ट हुन नसकिरहेका कारण दलभित्र नछिरेको उनको भनाइ छ । 

उनले ओलीसँगै एउटै राजनीतिक दलमा होमिनु पर्छ कि भन्ने पनि रहेको तर अहिले स्वतन्त्र राजनीतिक समूहलाई सक्रिय पारिरहेको नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा बुधबार बिहान उनले बताए । 
 
उनले नयाँ पार्टी गठनको प्रक्रिया मस्यौदाको क्रममा रहेको बताए । केही समयपछि राजनीतिक दलकै रुपमा अगाडि आउने पनि उनले स्पष्ट पारे । भन्छन्, ‘म राजनीतिक संस्कार राख्ने व्यक्ति भएकाले मेरो राजनीतिक व्यवहार रहन्छ । असभ्य व्यक्ति नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिलेदेखिको चिनजान र सहकार्य हुँदै आएकाले निकटता हुनु स्वभाविकै हो । तर मेरो राजनीतिक लिगेसी पृथक छ । चुनौतीहरुलाई सोच्ने दृष्टिकोणका आधारमा राजनीति गर्दै आएको छु ।’
 
प्रधानमन्त्री असंवैधानिक हुँदा पनि किन साथ ? भन्ने प्रश्नमा त्रिपाठीले यो नेपाली राजनीतिको दुःखद पक्ष भएको बताए । नेकपा विभाजित हुँदा नै संविधान कार्यान्वयनमा असर पर्ने भन्दै उनले एउटा जटिलता नेपाली राजनीतिमा ल्याइसकेको बताएका छन् । 

उनले अब संसद पुनस्र्थापना वा चुनाव जे भए पनि राजनीतिक संकट त निश्चित रुपमा आइसकेको बताए । उनी भन्छन्, ‘यदि संसद पुनःस्थापना भए एउटा बाटो हो । यसले पनि जटिलता ल्याउँछ नै । अर्को निर्वाचन हो । संविधानलाई स्वस्थ्य बनाउने बाटो पनि निर्वाचन नै हो । संसद नभएको अवस्थामा नेपालले धेरै कष्ट झेलेको छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ