arrow

बालुवाटारमा ओलीको तानाशाही गुट छ, त्यहाँ पार्टी छैन : झलनाथ खनाल 

संविधानमा ओलीले प्वाँल पारे 

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
Jhalanath.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव) समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारमा बस्ने केपी ओलीको पार्टी तानाशाही गुट मात्र भएको र उनी पूर्वअध्यक्ष भइसकेको बताएका छन ।

विगतमा लोकतन्त्र, गणतन्त्र र परिवर्तनका आन्दोलनमा लड्ने र गएको निर्वाचनमा जनताले जिताएको पार्टी आफ्नो भएको दाबी गर्दै खनालले केपी ओलीले भर्याङबाट चढेर जनमत बिर्सेको आरोप लगाए ।

वरिष्ठ नेता खनालले आफ्नो दल नै आधिकारक नेकपा रहेकाले निर्वाचन चिन्ह सूर्य समेत आफूहरुकै हुने बताए । उखान र टुक्काले देश नचल्ने भन्दै खनालले ओलीले पानी जहाज र घरघरमा ग्याँसको हावादारी गफ दिएको बताए । उनले नेतृत्वमा सही भिजन, सही नीति र सही योजना चाहिने भन्दै ओलीमा त्यो क्षमता नरहेको दाबी गरे ।

खनालले भने, ‘ओलीले सडक र पुललाई समाजवाद देख्नुभयो । रानीपोखरी बनाएँ भन्नुभो, रानीपोखरी ओलीले बनाएका होइनन कालीगढ र मजदुरहरुले बनाएका हुन । हामी समाजवाद पो बनाउने हो त ।’ 

वरिष्ठ नेता खनालले संविधानलाई नै प्वाल पार्ने काम गरेकाले संसद पुर्नस्थापना गरेर त्यो प्वाल टालेरै छाड्ने बताए । खनालले संसद पुर्नस्थापना नभएसम्म राष्ट्रव्यापी रुपमा आन्दोलन जारी रहने जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ