arrow

मंसिर २९ गते विराटनगरमा कांग्रेसको विरोध जुलुस

logo
विवेक मिश्र,
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

मोरङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले पार्टीको घोषित कार्यक्रम अनुसार यहि मंसिर २९ गते विराटनगरमा विरोध जुलुस तथा खबरदारी सभा गर्ने भएको छ । 

 कोरोना संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै सकेसम्म सुरक्षा सावधानीका साथ विरोध कार्यक्रम गर्न लागिएको कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिए । 

जिल्लाका विभिन्न स्थानबाट विराटनगर स्थित सभागृहमा भेला हुने र विरोध र्‍यालीसहित हिमालय रोडमा खबरदारी सभा समेत गरिने लिम्बुले जानकारी दिएका छन् । खबरदारी सभालाई कांग्रेस महामन्त्री शशांक कोइरालासहित केन्द्रिय सदस्यहरुले समेत सम्बोधन गर्नेछन् ।

देश अहिले अविभावक विहिन जस्तो भएको,सरकारले जनताको स्वास्थ्य,जिवनसुरक्षा जस्ता क्षेत्रमा केहीपनि काम नगरेको,अनियमितता,हत्याहिंसा बढेको र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथी समेत दुव्र्यवहार गर्दै सरकारले लोकतन्त्रको धज्जी उडाएकाले यस्ता कार्यविरुद्ध खबरदारीका लागि विरोध प्रदर्शन हुनलागेको कांग्रेस मोरङले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ