arrow

विप्लवजी व्यक्ति हत्या रोक्नुस् – डा चन्द्र भण्डारी

logo
प्रकाशित २०७७ मंसिर २४ बुधबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई व्यक्ति हत्या रोक्न आग्रह गरेका छन् ।  मङ्गलबार बिहान मोरङको मिक्लाजुङ १ बर्खेमा मारिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएपछि डा. भण्डारीले हत्या रोक्न आग्रह गरेका हुन् । 

उनले सामाजिक संजाल फेसबुक मार्फत व्यक्ति हत्यालाई प्राथमिकता दिँदै आएको कम्युनिष्ट चलन बन्द गरिनु पर्ने पनि बताएका छन् । मङ्गलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै विप्लवका मेची कोशी इन्चार्ज प्रतापले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गराउन प्रहरी लगाउने, दुःख दिने दिने जस्ता ज्यादति शिक्षक श्रेष्ठबाट भएको भन्दै हत्या गरेको जनाएका हुन् । 

डा. भण्डारीले विप्लवलाई सम्वोधन गर्दै भनेका छन्, ‘बिप्लव जी ! अहिलेसम्म नेपालमा कम्युनिष्ट पार्टीहरुले शुरु गरेका परिवर्तनका आन्दोलन ब्यक्ति हत्याबाट शुरु भएका छन् । त्यसको पहिलो शिकार शिक्षक र सामान्य किसान परेका थिए । आरोप के त ‘सुराकी’ ।’ पुनः विप्लवको आन्दोलनको पहिलो शिकार पनि सामान्य शिक्षक राजेन्द्र कुमार श्रेष्ठ ।’

नेता भण्डारीले विगतमा कम्युनिष्टको नाममा गरिएको युद्धको कमीकमजोरीको समीक्षा गर्न विप्लवलाई सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘विगतका पीडा रुखमा बाँधेर मारिएका शिक्षकको, किरियापुत्रीको हत्या, परिवारका सामु गरिएका हत्या, मौंलामा हत्याको लागि बाँधेर उनको श्रीमतीलाई देखाएर गरिएका बलात्कार । विप्लव जी व्यक्ति हत्या रोक्नु नै पर्दछ । जुन विगतमा धेरै नै पीडादायक बनेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ