arrow

कांग्रेस महाधिवेशन समयमै हुनेमा अन्योल – सिटौला

ओली सरकारसंग भिजन छैन –एक युवतीमा कोभिड हुँदा देशैभर लकडाउन गर्यो, अहिले देशैभर कोभिड हुँदा खुला गरेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०७७ भदौ १ सोमबार
n-c-696x262.jpg

विर्तामोड । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी १४ औं महाधिवेशनको संघारमा रहे पनि समयमै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योल अझै जारी रहेको बताएका छन् । उनले कांग्रेसका लागि आगामी दिन अझै चुनौतिपूर्ण हुने बताए । 

१४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व, संस्कार र संस्कृति परिवर्तन जरुरी रहेको बताउँदै उनले लोकतान्त्रिक अभ्यासको पूर्ण पालनासहित निश्पक्ष निर्वाचन गर्नुपर्नेमा जोड दिए । क्रियाशिल सदस्यता नवीकरण र वितरणमा महिला र दलितलाई विशेष प्राथमिकता दिनपनि नेता सिटौलाको आग्रह छ । 

उनले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले सत्ताको सम्पूर्ण शक्ति आन्तरिक संघर्षमा नै खर्चिएको बताए । नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो धारणा राखेका हुन् । 

उनले भने, ‘कसैलाई ओली बचाउनु छ, कसैलाई ओलीलाई हटाउनु छ वर्तमान सरकार सत्ता र शक्तिको नशामा मात्तिएको छ । यो सरकारले कम्युनिष्टकै प्रगतिमा सबै जनताको प्रगति देख्छ । तर जनताको समस्या र गुनासाको सम्बोधन गर्दैन । गर्न सक्दैन । सरकार नशाको मातमा सुतेको छ, मिलेर वा झगडा गरेर भए पनि वर्तमान सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गरिरहेको छ ।’

प्रेसमाथि संकुचन, न्यायालय, कर्मचारी प्रशासन, आयोगहरु, प्रहरी प्रशासन सबैलाई आफ्नो इशारामा चल्ने बनाएर वर्तमान सरकार एकदलीय कम्युनिष्ट सर्वसत्ताबाद लाद्न उद्यत रहेको नेता सिटौलाले दावी गरे । 

विदेशी सरकार प्रमुखबाट प्रशिक्षण लिने घटना नेपालमै पहिलो भएको उल्लेख गर्दै उनले चिनियाँ राष्ट्रपतिमार्फत प्रशिक्षण लिएर वर्तमान सरकारले कुटनीतिक मर्यादा र पञ्चशीलको मान्यताविपरित कार्य गरेको बताए । छिमेकीका हिसावले भारत र चिनसँग नेपालको आपसी सम्बन्ध सुमधुर रहेको र दुवैसँग समान सम्बन्ध राख्नुपर्ने उल्लेख गर्दै उनले विदेशी सरकारबाट प्रशिक्षण लिनु खेदजनक रहेको बताए । 

वर्तमान सरकारले जनहित र राष्ट्रिय हितमाकुनै काम गर्न नसकेको दावीगर्दै नेता सिटौलाले अहिले उद्योग, ब्यापार, ब्यवसाय चौपट बनेको तर सरकारले अर्थतन्त्रबचाउनकुनै योजना बनाउन नसकेको बताए ।

पूर्व गृहमन्त्री समेत रहेका नेता सिटौलाले वर्तमान सरकारसँग पोलिसी, एक्सनप्लान र सोच्ने क्षमता नै नभएको जिकिर गर्दै सोधे, ‘एउटी युवतीमा कोरोना देखिँदा देश नै ठप्प हुने गरी लकडाउन गर्ने र अहिले देशैभर कोभिडका संक्रमित देखिँदा सबै खुल्ला गर्ने यो सरकारसँग के पोलिसी छ, के भिजन छ, के क्षमता छ ?’

कांग्रेसले कोभिड–१९ संक्रमणको न्युनिकरणका लागि सरकारलाई सहयोग गरेपनि कोभिड–१९ को उपचारका लागि अस्पताल ब्यवस्थापन, राहत वितरण, अलपत्र नेपालीको उद्दार, क्वारेन्टिन ब्यवस्थापन, आइसोलेशन अस्पताल, भेन्टिलेटर ब्यवस्थापन आदिका लागि कांग्रेसले दिएका सुझावहरु सरकारले कार्यान्वयन नगरेकोप्रति आपत्ति प्रकट गरे ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, भारतेन्दुकुमार मल्लिक, प्रदेश सांसद ओम सरावगी, नेपाली कांग्रेस झापाका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय तथा प्रदेश क्षेत्रीय सभापतिहरु, गाउँ–नगर सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।

कार्यक्रममा सहभागीका तर्फबाट कृष्ण हुमागाई, दीपक तामाङ, उमा शिवाकोटी, गोपाल उप्रेती, सिता पौडेल, प्रकाश शिवाकोटी, मनिकलाल माझी, बलराम कार्की, शेरवहादुर थापालगायतले आ–आफ्नो धारणा राख्दै कांग्रेसको चौधौं महाधिवेशनबाट नेतृत्व परिवर्तन गरिनुपर्ने, लामो समय पार्टीमा योगदान गरेका अनुशासित कार्यकर्तालाई स्थान दिइनुपर्ने, कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र बेथितिका विरुद्ध प्रतिपक्षीआवाजलाई मजबुत बनाई भण्डाफोर गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ