arrow

महाधिवेशनमा होमिन सिटौलाको आग्रह, साउनभित्र क्रियाशिल सदस्यताको टुंगो लाग्नेमा आशंका 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन २३ शुक्रबार
krishna-sitaula.JPG

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको फागुनमा हुने १४ औं महाधिवेशनको क्रियाशिल सदस्यताको प्रसङ्ग समयमै टुंगो लाग्नेमा आशंका व्यक्त गरेका छन् । उनले ११ जिल्लाको विवाद अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गर्दै साउन मसान्तभित्र क्रियाशिल सदस्यता नविकरण पूरा हुनेमा शंका रहेको बताए । 

उनले कतिपय जिल्लामा माग फारम समेत नपुगेको भन्दै यतातर्फ नेतृत्व चुकेको उनले आरोप लगाए । समयमै महाधिवेशन गर्नका लागि विवादबाट मुक्त रहेर सबै एकजुट भएर कोही पनि नछुट्ने गरी क्रियाशिल सदस्यहरुको नविकरण गर्नमा पनि उनले जोड दिएका छन् । 

यतिबेला पार्टी विस्तारको अभियानसमेत भएकाले नयाँ पार्टी सदस्यता पनि दिनुपर्ने बताए । उदार दिल राखेर काम गर्नुपर्ने बेला रहेको भन्दै नेता सिटौलाले सदस्यता नविकरणमा भूमिका खेल्न नेताहरुलाई आग्रहसमेत गरेका छन् । 

लोकतन्त्र संवादको २९ औं श्रृंखलालाई सम्वोधन गर्ने क्रममा नेता सिटौलाले कांग्रेसको केन्द्रले प्रतिपक्षीको भूमिका खेल्न नसकेको आरोप समेत लगाए । देश कम्युनिष्टको हातमा गयो अब सशक्त बन्न कार्ययोजना चाहियो भनेर प्रश्न उठाउँदा केन्द्रले वास्ता नगरेको भन्दै नेता सिटौलाले सभापति शेरबहादुर देउवाको आलोचना गरे । 

‘नेपाली काँग्रेसको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक परिस्थिति’ विषयक सन्दर्भमा बोल्ने क्रममा उनले 

नेता सिटौलाले देशभर कोरोना समुदायमा प्रवेश गर्ने क्रममा रहेको भन्दै सबैलाई बचेर अरुलाई पनि बचाउने अभियानमा लाग्न आग्रह गरेका छन् । 

सरकारले धेरै समय पाएर पनि कोरोना रोकथामका लागि ठोस व्यवस्था गर्न नसकेको आरोपसमेत नेता सिटौलाले लगाए । 

सरकारले बिरामी गम्भीर भएर भेन्टिलेटरमा जानुपर्ने अवस्था हुँदा समेत पनि त्यसको व्यवस्था गर्न नसकेको उनको भनाई छ । भेन्टिलेटरको संख्या न्यून रहेको र सरकारले भेन्टिलेटर थप्न कुनै पहल नगरेको आरोप उनको छ । 

सानो संख्यामा परीक्षण गर्दा पनि ठूलो संख्यामा संक्रमित पाइएको भन्दै उनले यही गति हुँदै गए एक दुई महिनामा भयावह स्थिति आउने पनि उनले बताए । 

नेता सिटौलाले विदेशमा भएका नेपाली पनि बेरोजगार भएको भन्दै सरकारले उद्धारको नाममा चलनचल्तीको भाडा भन्दा बढी असुलेको आरोपसमेत लगाए । 

जनताको आर्थिक स्थिति दिनप्रतिदिन कमजोर बन्दासमेत सरकारले वास्ता नगरेको उनको भनाई छ । 

उनले सरकार सम्विधान बिवरीत हिँड्न थालेको आरोपसमेत लगाए । सरकारले आन्तरिकसंगै बाह्य सम्बन्ध पनि बिगारेको उनको आरोप छ । 

उक्त जुम कार्यक्रममा पूर्व सांसद जनकराज गिरी, नेविसंघ महामन्त्री बलदेव तिमल्सिना लगायतले समेत बोलेका थिए । कार्यक्रमको संयोजन युवा नेता नारायण भट्टराईले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ