arrow

तोकिएको समयमा महाधिवेशन नभए कांग्रेसमा ठूलो संकट : सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
krishna-sitoula.jpg

धनकुटा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा महाधिवेशन नभए कांग्रेसमा ठूलो संकट आउने बताएका छन् । नेपाली कांग्रेस धनकुटाद्धारा शुक्रबार प्रविधि मैत्री जुम अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

 समय तालिका छोट्याएर भए पनि समयमानै कांग्रेसको महाधिवेशन गर्नु पर्नेमा जोड दिदै पार्टीका पूर्व महामन्त्री समेत रहेका नेता सिटौलाले अव स्थानीय निर्वाचन पनि आउन केही समय मात्र बाकी भएकोले पार्टीको महाधिवशेन जसरी भए पनि गर्नुपर्ने बताए ।

कोरोना भाइरस दिन प्रदिन फैलदै गएको तर सरकारको यसलाई नियन्त्रण गर्ने कुनै ठोस योजना नभएको भन्दै नेता सिटौलाले सरकार कोरोना भाइरस नियन्त्रण गर्न पूर्ण रुपमा असफल भएको बताए । नले अहिले जता त्यतै चरम भ्रष्टाचार मौलाएको समेत बताए । सवै भन्दा पहिलो महामारी नियन्त्रण गर्न सवै शक्ति लगाएर अभियान संचालन गर्नु पर्नेमा सरकारले लकडाउन लाउनु वाहेक कुनै काम नगरेके वताउदै नेता सिटौलाले सरकारले जनताको स्वास्थ्यसंग ठूलो खेलवाड गरिरहेको बताए ।

 नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले केन्द्रदेखी वडा तहसम्म सर्व दलिय तथा सर्व पक्षिय समिति बनाएर कोरोना भाइरस नियन्त्रण गर्न सवै एक जुट भएर लागे मात्र महामारी नियन्त्रण गर्न सकिने उनले बताए ।

 नेपाली कांग्रेस धनकुटाका नेता तथा पूर्व उसभापति अजित नारायण सिंह थापाको अध्यक्षतमा सम्पन्न भएको उक्त प्रविधि मैत्री जुम मार्फत आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रमा  कोषाध्यक्ष दिनेश राईले स्वागत मन्तव्य राखेका थिए । जिल्ला सदस्य निर्मल ओझाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सहजीकरण जिल्ला सचिव विजय सन्तोषी राई ,पूर्व सहसचिव राजन पौडेल,प्रदेश निर्वाचन क्षेत्रिय कार्यसमिति क्षेत्र(क) धनकुटाका सभापति जितेन्द्र राईले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ