पत्रकार योगीमाथि आक्रमण, भन्सारका कर्मचारीमाथि आशंका
समिक्षा श्रेष्ठ,
प्रकाशित २०७६ कार्तिक १० आइतबार
662
Shares
बाँके। पत्रकार सन्दिप योगीलाई बाँकेको चौलिक्का भन्ने ठाउँमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नजिक १०-१२ जनाको समुहले आक्रमण गरेका छन । आक्रमणकारीको प्रहरीले खोजी गरिरहेको छ । करीब ७ बजेको समयमा लिफ्ट माग्ने बहानामा मोटरसाइकल रोकि आक्रमण गरेका हुन्।
आक्रमण गरि आक्रमणकारीहरु त्यहाँबाट फरार भएका थिए । लिफ्ट माग्ने बहानामा आक्रमण गरिएका पत्रकार योगीलाई सामान्य चोट लागेको छ भने प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
घटनामा भन्सार कार्यालयका नायव सुब्बा दिपेन्द्र धामीले आक्रमण गर्न पठाएको हुनसक्ने योगीले बताएका छन् । पत्रकार योगीले केही समय अघि नेपालगन्ज भन्सारका नायव सुब्बा दिपेन्द्र धामीले कार्यालय समयमा फेसबुक चलाउँदै कर्मचारी बाहेक प्रबेश निषेध रहेको कोठामा दलालसँग सेटिङ्ग मिलाउँदै कार्यालय समयमा फोनमा मस्त भइ सेवाग्राहीहरुलाई सास्ती दिएको भिडियो सार्वजनिक भएपछि उनले पत्रकार योगीलाई जे पनि हुन सक्ने या भिडियो डिलिट गर्न धम्की दिएका थिए ।
पत्रकार योगीले सो भिडियो डिलिट नगरेर पत्रीकामा हालेपछि नायव सुब्बा दिपेन्द्र धामीले आफुले जेपनि गर्नसक्ने तथा चाहेमा मान्छेनै गायब गराउन सक्छु भन्दै उल्टै आफै भिडियो बनाएर गालिगलौच गरेर सबै पत्रकार धुसखोर हुन्छन भन्दै धम्की दिएका थिए । हाल प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।