arrow

रामचन्द्र पौडेलले भने – ‘कार्यकर्ताले समयमै महाधिवेशन गर्न भने’

समयमै महाधिवेशन नगरिए पार्टी सकिएर जाने

logo
हाम्रा कुरा
प्रकाशित २०७६ जेठ २६ आइतबार
ramchandra-poudel3.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका कार्यकर्ताहरुले समयमै महाधिवेशन गर्न आग्रह गरेको बताएका छन् । 

कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सकिएको सन्दर्भमा उनले कार्यकर्ताहरुले ढिला नगरी समयमै महाधिवेशन गर्न भनेको बताएका हुन् । 

नियमानुसार कांग्रेसको महाधिवेशन आगामी फागुनमा गराउनु पर्ने हुन्छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवा भने इच्छित देखिँदैनन् । 

उनले गाउँगाउँमा गएर पार्टीका गतिविधि र सरकारका गलत कामका बारेमा भन्ने काम भएको बताए ।  

पौडेलले गुटबन्दी भएको बारे भने, ‘अलिअलि गुट र द्धन्द्ध लोकतान्त्रिक पार्टीमा हुन्छ । त्यो स्वभाविक हो । समग्र रुपमा काँग्रेस देशभर गयो । केन्द्रीय नेताहरु घुमे । यसले देशभर चहलपहल आएको छ ।’ 

उनले अगाडि भने, ‘कार्यकर्तामा केही चिन्ता आउनु स्वभाविकै हो । सदूरपश्चिमका सबै जिल्ला लगायत झण्डै २५ जिल्ला घुमेको छु । गाउँगाउँबाट नेता तथा कार्यकर्ता सदरमुकाममा उत्साहपूर्वक आए ।’ 

कार्यकर्तासंग प्रत्यक्ष कुराकानी गर्न पाउँदा उनीहरुका गुनासा पनि सुनेको भन्दै पौडेलले विपक्षीसंग लड्नका लागि पनि पार्टी एक हुनुपर्नेमा जोड दिएको बताए । 


के गरेर आपसमा सौहार्द वातावरण बनाउनु पर्छ भन्ने बारेमा नेतृत्वले विशेष भूमिका खेल्नुपर्नेमा उनको भनाइ छ । 

गाउँगाउँका कमिटिहरुमा समायोजन बनाउनु पर्ने, क्षेत्रीय समितिहरु बन्नुपर्ने भन्दै उनले पार्टीलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । 

समयमै महाधिवेशन हुनुपर्नेमा कार्यकर्ताले जोड दिएको पनि नेता पौडेलले सुनाए । समयमै महाधिवेशन नगरिए पार्टी सकिएर जाने भन्दै उनले नेतृत्वलाई सचेत पनि बनाएका छन् । 

उनले लोकतन्त्रलाई खतरा भएको भन्दै मिडिया काउन्सिल विधेयकप्रति समेत उनले विरोध गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ