arrow

लौ वर्षा भयो उपत्यकामा 

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
paniparyo.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । लामो समयदेखि वर्षा हुन खोजे पनि वर्षा हुन सकिरहेको थिएन ।

मौसम पूर्वानुमान महाशाखाले यतिबेला देशभरिकै मौसममा बदलीको अवस्था रहेको र केही स्थानहरुमा हल्का वर्षा भएको जनाएको छ । 

केही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको पनि जनाइएको छ ।  जुम्ला हिमपातले सेताम्य, किसान दंग [फोटोफिचरसहित]

बिहान काठमाडौंको तापक्रम आइतबारको तुलनामा बढी नै भए पनि वर्षाले फेरि चिसो बढाउँदै लगेको छ । 

आकाश खुल्न सकेको छैन भने भिजिबिलिटी पनि निकै कम रहेको छ । 

आकाशले घुम्टो उठाउन मानेन, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

नजिकैको चन्द्रागिरीमा हिउँ परेसंगै उपत्यकामा एकाएक चिसो बढेको छ । चन्द्रागिरी पुगेकाहरु भने हिउँ पर्दा दंग भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ