arrow

हिमपातका कारण हुम्लामा हवाईसेवा ठप्प

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
humla-himpat.JPG.jpeg

हुम्ला ।शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि उडान अवरुद्ध छ ।

हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि लगातार हिँउ परिरहेको स्थानीयवासी लोकेन्द्र बोहराले बताए । एक मात्र यातायात सेवाका रुपमा रहेको हवाईसेवा बन्द हुँदा यात्रु मारमा परेका छन् ।

हिउँ परेपछि कर्मचारी तथा स्थानीयवासी आगो तापेर बस्न बाध्य छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा विभिन्न कामकाजले आउने सेवाग्राहीको चाप ह्वात्तै घटेको छ । उत्तरी हुम्लाका चाला, मुचु, यारी, नारा, न्यालु, लिमी, जाङग, हल्जीलगायत गाउँमा अत्यधिक हिमपात भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ