मौसमले धोका देला है ! यस्तो छ मंगलबारसम्मको पूर्वानुमान
प्रकाशित २०७५ पुष २२ आइतबार
930
Shares
काठमाडौं । चिसो मौसमले अहिले मुलुक सहज हुन सकेको छैन । पश्चिमबाट आएको पश्चिमी न्युनचापीय प्रणालीका कारण मौसममा बदली हुँदा समस्या अझ बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभर बदली हुने जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले देशको पश्चिमी क्षेत्रमा दिनभर सामान्यदेखि पूर्ण बदली हुने बताए ।
आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.१ डिग्री मापन गरिएको छ ।
कस्तो छ तीन दिनको पूर्वानुमान ?
पुस २२ गते (आईतबार)
दिउँसोः देशको पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलि रहने देखिन्छ ।
पश्चिमी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।
रातिः देशभर सामान्यतया बदलि रहने देखिन्छ । पश्चिमी भुभाग तथा मध्य भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।
पुस २३ गते (सोमबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदलि रहने देखिन्छ । देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।
रातिः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहने देखिन्छ । मध्य र पुर्वी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।
पुस २४ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सफा रहने देखिन्छ ।
रातिः देशको पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सफा रहने देखिन्छ ।