प्रधानमन्त्री ओलीले संसदको अपमान गरेको पाैडेलको आरोप
वाइडबडीको भ्रष्टाचार लुकाउन सरकारी समिति बनाइयो
प्रकाशित २०७५ पुष २० शुक्रबार
589
Shares
दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले सरकारले वाईडवडि काण्ड लुकाउनका लागि छानविन समिति बनाएकाे आराेप लगाएका छन् ।
तनहुँकाे दुलेगौडामा आयाेजित कार्यक्रममा बाेल्दै पाैडेलले संसदले छानविन गरिरहेकाे अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछाेप गर्न लागेकाे बताए ।
प्रधानमन्त्रीले लेखा समिति अन्तरगतकाे उपसमितिकाे अपमान गरेकाे समेत पौडेलले बताए । उनले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर ठूला ठूला काण्डमा संगै हुने त हाईनन् भनी शंका व्यक्त गरे ।
पाैडेलले महासमिति पछि देशभर पार्टी एक भएकाे सन्देश गएकाे बेलामा फेरि पार्टीमा लफडाकाे तयारी भएको आशंका व्यक्त गरे ।