arrow

रेशम चौधरी सपथको विभिन्न दलको विरोध, राजपालाई पुगेकै हो ? 

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
resham-chaudhary2.jpg

काठमाडौँ । जेलमा बसेका ब्यक्तिलाई सरकारले एकैपटक सांसदका रुपमा सपथग्रहण दिलाएर सबैलाई अचम्ममा पारेको छ । एक वर्षदेखि जेलमा रहेका राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता चौधरीलाई सपथ ग्रहण गराइएको हो । 

२०७२ को भदौमा टिकापुर काण्डमा सात प्रहरीअधिकारीसहित आठ जनाको मृत्यु भएको थियो । सोही काण्डका अभियुक्त चौधरी जेलमा परेका हुन् । तर उनले प्रतिनिधिसभाको निर्वाचन जिते । सपथ लिन पाएका थिएनन् । 

अहिले एकाएक आएर सरकारले सपथ दिलाएर स्वार्थ देखाएको छ । गत हप्ता मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालाई सहमतिका लागि एक हप्ताको समय दिएका थिए । हप्ता सकिएको भोलिपल्टै चौधरीालाई सपथ दिलाइको हो । 

तर यसरी अदालतमा मुख्य आरोपीका रुपमा जेलमा रहेका व्यक्तिलाई सपथ गराएर सरकारले कानुनी शासनको खिल्ली उडाएको भन्दै चर्को विरोध गरेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस–
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटर मार्फत यसको विरोध गरेका छन् । उनले भनेका छन् – सपथपछि रेशम स्वत निलम्बित हुन्छन् कि हुन्नन् ?

प्रतिनिधिसभा नियमावली २४४ (३) भन्छ ‘नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न पाउने छैनन्  िउपनियम ४ भन्छ फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म कैदमा बसेको सांसद पद स्वतः निलम्बन हुन्छ ।’

सरकारले भने सपथग्रहण स्वभाविक भएको भनेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले सपथ स्वधाविकै भएको हो प्रतिक्रिया दिएका हुन् । 

राप्रपाको विरोध–
राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेका रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने कार्यप्रति विरोध जनाएको हो । 

पार्टीका नेता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा विसं २०७२ भदौमा टिकापुरमा भएको घटनाका अभियुक्त चौधरीलाई सपथ गराउने कार्यले कानूनी राज्यको सिद्धान्तप्रति उपहास भएको जनाएको छ । 

घटना लगत्तै फरार चौधरीले निर्वाचन आयोगमा वारिसनामार्फत उम्मेदवारी दर्ता गराइ विसं २०७४ मङ्सिर २१ मा भएको चुनावमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

निर्वाचनपछि अदालतमा आत्मसमर्पण गरेका चौधरीलाई प्रहरी हिरासतमा राखिएकामा बिहीबार प्रतिनिधिसभा सदस्यको सपथ गराइएको थियो । 

स्वभाविक भन्ने पनि छन्–
कानुनका केही जानिफकारहरु भने यसलाई स्वभाविक पनि भन्छन् । उनीहरुका अनुसार रेशमले सपथ खानुमा अचम्म मान्नुभन्दा ढिलागरी किन सपथ भयो भनी आश्चर्य मान्नुपर्ने अवस्था हो । 

सपथ लिएर पनि उनले संसद छिर्न पाउने छैनन् । अभियुक्त नै हुन् । तर अचम्म राजपाले सरकारलाई दिएको समर्थन छाड्ने घुर्की दिएपछि रेशमको सपथ दिलाइएको हो । 

पुग्यो त राजपालाई ? 
चौधरीको सपथपछि पुग्यो त राजपालाई भन्ने प्रश्न खड्किएको छ । राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले संसदमै १७ हजार मान्छे मार्ने सरकारमा अनि थारुको छोरो जेलमा ? भनी प्रश्न गरेर हल्लीखल्ली मच्याएका थिए । 

त्यसकै जवाफमा चौधरीको सपथ भयो । उनी जेलमुक्त भने भएका छैनन् । तर राजपाका माग के पूरा भए त ? 

संविधान संशोधनको मुख्य मुद्दाबारे राजपा बोलेको छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ