arrow

बोक्सोको आरोपमा वृद्ध हत्या गर्ने सदालाई जन्मकैद

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
prisoner-jail.jpg

सप्तरी । सप्तरी महादेवा गाउँपालिका–४ साविक डाँढा गाविस–८ का एक वृद्धलाई बोक्सोको आरोपमा हत्या गर्ने आरोपितलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला गरेको छ ।

महादेवा गाउँपालिका–४ मनियारी पर्साही मुसहरी टोलका ६१ वर्षीय भोला सदालाई बुधबार जन्मकैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

सुतिरहेका सोही ठाउँका ६५ वर्षीय खटर सदालाई कथित बोक्सो भन्दै ०७३ मङ्सिर २ गते राति सिलौटाले प्रहार गरी हत्या गरेको आरोपमा भोलालाई त्यसको भोलि पल्टै प्रहरीले पक्राउ गरेको थियो ।

मृतककी पत्नी ५५ वर्षीया खिखरीदेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कारवाहीका लागि उजुरी दिएकी थिइन् । जिल्ला न्यायाधीश राजेशकुमार काफ्लेको एकल इजलासले आरोपित सदालाई विसं २०७३ मङसिर २२ गते पुपक्षको लागि राजविराज कारागारमा थुनामा पठाएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ