काठमाडौं । नेपाल वायुसेवा निगमले खरीद गरेको दुई ‘वाइड बडी’का सम्बन्धमा सरकारले आवश्यक परे अलग्गै छानविन गर्न सक्ने प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले बताएका छन् ।
मन्त्री बाँस्कोटाले सार्वजनिक लेखा समितिअन्तर्गत बनेको उपसमितिले तयार पारेको प्रतिवेदन पूर्ण नभएको आवश्यक परे सरकारले अलग्गै न्यायिक छानबिन समिति गठन गर्ने बताए ।
“उपसमितिले आफैँ पत्रकार सम्मेलन गर्न मिल्दैन । उपसमितिले बनाएको प्रतिवेदन समितिमा छलफल हुनुपर्छ”, उनले भाे, “तर त्यस्तो देखिएन । निचोडमा नपुग्दासम्म दोषी प्रमाणित गर्न मिल्दैन ।” उनले वाइडबडीका सम्बन्धमा गहिराइमा छानबिन गर्नुपर्ने बताए ।