गुट नभएको पार्टीको कल्पना हावादारी कुरा हो – गगन थापा
‘सभापति र वरिष्ठ नेताको लभ हैन विवाह भएको हेर्न चाहन्छौ’
प्रकाशित २०७५ पुष १२ बिहिबार
570
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले गुट नभएको पार्टीको कल्पना गर्न नसकिने बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता थापाले गुट नभएको पार्टीको कल्पना गर्नु हावादारी कुरा हुने उल्लेख गरे ।
पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको समापनका अवसरमा बोल्दै पार्टीभित्र गुट उपगुट नभएको दावी गरिरहेका सन्दर्भमा नेता थापाले यस्तो कल्पना गर्नु हावादारी भएको उल्लेख गरेका हुन् ।
सभापति देउवाले गुट छैन भने पनि त्यो गुट उपगुट रहिरहने नेता थापाको स्पष्टोक्ति छ ।
उनले पार्टीमा विधानको सर्वोच्चता रहने भन्दै पार्टी अब व्यक्तिको रहरमा हैन विधानको आधारमा चल्छ भने ।
‘सभापति र वरिष्ठ नेताको लभ हैन विवाह भएको हेर्न चाहन्छौ’
नेता थापाले सभापति शेरबहादुर देउवाद्धारा महासमिति बैठकको समापनमा बोलेका विषयलाई लिएर लोभलाग्दो तरिकाले स्पष्ट पारेका छन् ।
देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलको बारेमा बोलेको विषयलाई सटिक टिप्पणी नेता थापाले गरेका हुन् ।
उनले भने, ‘नेताहरूको लभ होइन विवाह आवश्यक छ ।’ उनले ‘लभ सानो कुराले टुंगिन सक्ने तर विवाह भयो भने लभ संस्थागत हुन्छ’ भने ।
नेता थापाले अगाडि भने, ‘हामी हेर्छौं सभापति र बरिष्ठ नेताको लभ विवाहसम्म पुग्छ की लभमा मात्र सिमित हुन्छ ।’
सो कार्यक्रममा उनले नेकपाका दुबै चालकहरु अभ्यास गर्न इच्छुक छैनन् भन्ने प्रचण्डको अभिव्यक्तिले देखाएको भन्दै सरकार समेत धर्म परिवर्तनको षडयन्त्रमा लागेको कांग्रेसको ठहर रहेको उल्लेख गर्दै यो षडयन्त्रको विरूद्ध कांग्रेस उभिने स्पष्ट पारे ।
थापाले कम्युनिष्ट नेतामा सेट अप स्किल नै नभएको दावी गरे ।