काठमाडौं । नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बढूले काँग्रेस सरकारका कमजोरी विरुद्ध सशक्त भएर उत्रने बताएका छन् ।
उनले सरकारले गल्ती गरिरहेकाले अब संसदबाट भण्डाफोर गर्ने पनि उनले बताए । उनले बुधबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा काँग्रेसले सरकारका कमजोरी उठाउने बताए ।
उनले भने, ‘प्रतिपक्षी दलका संसदीय दलका नेता हाम्रा सभापति शेरबहादुर देउवा ज्यूले पहिलो दिनमै सरकारमाथि प्रश्न उठाउनु भएको छ यो निरन्तर रहने छ र सरकारको भण्डाफोर गर्नेछौं ।’
उनले सरकार भ्रष्टाचारमा रमाइरहेको भन्दै ३३ किलो सुन काण्डलाई बीचमै छाड्नु, वाइडबडी विमान खरिदमा घोटाला गर्नु यसका उदाहरण भएको बताए ।
निर्मला पन्त हत्याकाण्डमा सरकार चूप लागेर बस्नुले उसको कतातिर छ भन्ने पनि स्पष्ट हुँदै गएको नेता बढूले बताए ।