धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर विश्कर्मा (प्रकाण्ड) ले बर्तमान सरकार भ्रष्टचारको दलदलमा फसेको आरोप लगाएका छन् । बुधवार धनगढीमा सेती महाकाली व्युरोको आयोजनामा १ सय २५औं माओ दिवसको अवसरमा विशाल जनसभालाई सम्बोधन गर्ने क्रममा प्रवक्ता प्रकाण्ले सो कुरा व्यक्त गरेका हुन । उनले सरकारलाई लक्षीत गदै भने विगतका सरकारहरु भन्दा यो सरकारले अरवमा भस्टाचार गरेको आरोप लगाएका छन् ।
कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाडण्ले भने अहिलेको नेपालको अर्थतन्त्र समाजबाद अर्थतन्त्र नभई दलाल पुँजीपति अर्थतन्त्र भएको बताए । उनले भने समाजमा भईरहेका बलात्कार हत्या असुरक्षित महिला शान्ति सुरक्षा मा सरकारले ध्यान नदिएको बताए । अहिलेको सरकारले दिएको नारा सम्विद्ध नेपाल सुखी नेपालि नारा भए पनि काम भने उल्टो गरीरहेको बताए । नेपालि जन्ताले २०६२-२०६३ सालमा गरेको जनआन्दोलन बाट प्राप्त गरेका उपलब्धि र जन्ताका चाहाना ,भावना अनुरुप नभएको पनि उनले बताए । देश संकटको भुमरीमा फसेको छ त्यसैले नेपालको राष्ट्रिता स्वाधिन्ताको रक्षा गर्न नेपालि जन्ताको काँधमा रहेको उल्लेख गरे । नेपालमा राजतन्त्रको अन्त त भयो जन्ताको राज नेता नभएकाले देश संटकमा रहेको उनले बताए ।
धनगढीको खुलामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले विगतका सरकारले थोरै विकास गरेर हजारमा गर्ने भ्रष्टाचार भन्दा अहिलेको कम्युनिष्ट सरकारले जनताका नाममा सिन्को पनि नभाँचेर अर्बमा भ्रष्टाचार गरेको बताए । उनले भने– ‘काँग्रेस नेतृत्वको सरकारले करोडौं भष्टाचार गर्दथ्यो भने अहिलेको सरकारले अरबौं भ्रष्टाचार गरेको छ ।’ दुई तिहाइको दम्भमा एमाले र माओवादी मिलेर बनेको नेकपाले रातारात अर्बपति बन्ने सपना साँच्दै उद्योगपतिलाई सडकमा पुर्याउन थालेको आरोप उनले छ ।
नेकपालाई गाली गर्दैमा अधिकांश समय खर्चेका उनले अहिलेको सरकारले स्वास्थ्य, शिक्षामा व्यापारीकरण गरिरहेको आरोप लगाए । उनले भने– ‘गरिबका छोराछोरीलाई डाक्टर, इञ्जिनियर पढाउन नसकिने गरी शिक्षा नीति लागू गरेर नेकपा सरकारले आफू रातारात धनी बन्ने होड गरिरहेको छ ।’ प्रकाण्डले भने – ‘बिगतमा प्रचण्डको नेतृत्वमा १० बर्षे जनयुद्ध गरियो तर प्रचण्डले जनतालाई धोका दिएर संसदिय राजनितिमा छिरे, अब हामी जनयुद्ध होईन क्रान्ती गर्छौं ।’ आफ्नो पार्टीले गर्ने क्रान्तीलाई एक पटक साथ दिन पनि उनले अपिल गरे ।
वर्तमान सरकार शान्ती सुरक्षा दिन असफल भएको भन्दै प्रकाण्डले सरकारले चाहेमा निर्मला पन्तका हत्यारा एक हप्तामा पत्ता लाग्ने उल्लेख गरे । उनले भने– ‘बर्तमान सरकार हत्याराको संरक्षणमा लागेकाले ६ महिना बित्दा पनि निर्मलाका हत्यारा पत्ता नलागेका हुन ।’ सभामा बिप्लप नेतृत्वको माओवादीका अन्य केन्द्रिय नेताले पनि सम्बोधन गरेका थिए । धनगढीको चौराहबाट बाजागाजा सहितको र्याली सहित निस्किएको जुलुस बजार परिक्रमा गरी खुलामन्चमा सभामा परिणत भएको थियो । सभामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट नेता तथा कार्यक्रर्ताको सहभागिता रहेको थियो ।