काठमााडौं । २०७२ सालको महाभूकम्पपछि काठमाडौं लगायतका क्षेत्रलाई झस्क्याउन छाडेको छैन । पछिल्लो समय काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा आइतबार बिहानै भूकम्पको धक्का महसुस गरियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो भूकम्पको धक्काले पुर्याएको क्षतिको यकिन भएको छैन । कुनै क्षतिको खवर नआए पनि झस्काउन भने काफी भयो ।
यो भूकम्प ०७२ को भूकम्पकै परकम्पन भएको पनि केन्द्रले जनाएको छ ।