बझाङ। नेपाल कम्युनिष्ट पाटी ( बिप्लब) नेता ओम प्रकाश पुनले पुष्पकमल दाहल (प्रचण्ड) लाल गद्दार भएको बताएका छन् । सदरमुकाम चैनपुरमा नेकपा बिप्लब समुहले आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्दै उनले अहिलेका नेकपाका अध्यक्ष प्रचण्ड र बर्तमान गृहमन्त्री राम बहादुर थापा (बादल) साच्चिकै लाल गद्दार भएको बताएका हुन् ।
नेता पुनले बर्तमान गृहमन्त्री राम बहादुर थापासंगै बझाङ आउदा यसै मञ्चबाट पुष्पकमल दाहल प्रचण्डलाई लाल गद्दार भनेको कुरा स्मरण गर्दै उनले भने प्रचण्ड मात्र नभएर अहिलेका गृहमन्त्री राम बहादुर थापा समेत लाल गद्दार भएको बताए । उनले गृहमन्त्री राम बहादुर थापाले आफ्ना पाटीका ११ जना पोलिटब्यूरो सदस्यदेखि अन्य नेता कार्यकर्ता लाई सरकार र शक्तिको आडमा बिभिन्न किसमका मुद्धा लगाई जेल तथा अनावश्यक दु:ख दिएको आरोप लगाए । उनले क्रान्तीको अगुवाई गर्दै १६ हजार नेपाली रगत माथी खेलबाड गर्दै पुजीपतीबादको दास भएको बताए ।
नेता पुनले बर्तमान कम्युनिष्टको सरकारले जनताको भावना अनुरुप काम गर्नुको सट्टा भष्टचार गरि खुल्ला रुपमा कमिसन र घुसखोरीलाई अवसर दिइरहेको आरोप लागाए । उनले पञ्चायतको पालामा टेबुल मुनीबाट घुस लेन देन हुन्थ्यो , कांग्रेसको पालमा टेबुल माथीबाट र बर्तमान सरकारले जताततै खुलमखुल्ला तरिकाकाले कमिसन र घुसखोरी मौलाएको बताए ।
बर्तमान सरकारको बारेमा अधिकांश समय खर्चेका नेता पुनले बर्तमान सरकारमा दुई तिहाई एकै पार्टीको र ६ वटा प्रदेशमा कम्युनिष्टहरुको बहुमतको सरकार भएको तिर ईगित गर्दै जनताका आधारभुत आवश्यकता तिर ध्यान दिनु भन्दा ऐस आराम तथा पुजीबादी तर्फ गएको बताए । कहिल्यै संसदहरुको तलब घर भाडा, राष्ट्रपतिलाई अरबौको हेलिकप्टर , करोडौका गाडीहरु किनेर जनताको करको दुरुपयोग गरि देश लुटि रहेको बताए ।
पहिलाका राजा र अहिलेका राष्ट्रपतिमा कुनै भिन्नता नभएको बताउदै उनले यो राज्य शक्ता प्रति जनताको बितृष्ण बढ्दै गएको बताए । सरकारको नेतृत्व तह न्यायलय, राष्ट्रपति , सभामुख आदीमा समेत महिलाको नेतृत्व पुगेको तर्फ ईगित गर्दै नेपाली महिलाहरुको जिवनमा परिवर्तन नआएको बताए । उनले भने केपी र प्रचण्डहरुले धर्म संस्कृतीको नाममा क्रिस्चियनहरुको संसकार भित्र्याएको र बेद बेदान्तहरु लिएर बिदेशीहरुले नेपालमा समृद्ध बन्न नदिने षड्यन्त्र भएको आरो लगाए ।
नेता पुनले बर्तमान सरकार भन्दा त पन्चायत नै राम्रो भएको बताउदै पन्चायत कालमा भएका उद्योग धन्दा समेत बिक्री गरि लुटको खेती भएको बताए । उनले केपि ओली र प्रचण्डहरुको पन्चायतहरुको जतिकै पनि शाहस नभएको बताउदै दलाल र पुजीबादी भएको आरोप समेत लगाए ।
बर्तमान जनप्रतिनिधीहरु सबै ठेकेदार र दलाल भएको बताउदै एकिकृत जनक्रान्तिमा गोलबद्ध भएर लाग्न समेत नेता पुनले सबैलाई अग्रह गरे । उनले आफुहरु शान्तिको पक्षमा भएको बताउदै आपुहरुले गर्ने बिकासको कल्पना समेत दुरगामी दूरदर्शी भएको बताए ।