arrow

पहिलो राष्ट्रिय झण्डा दिवस मनाइयो

logo
प्रकाशित २०७५ पुष १ आइतबार
flag-day.jpg

काठमाडौं ।  नेपालको राष्ट्रिय झण्डा लाई बिश्वब्यापी बनाउने तथा नेपालको राष्ट्रिय झण्डालाई नेपाल सरकारले आधिकारिक रुपमा अन्तराष्ट्रिय मान्यता दिई विश्व जगतमा प्रचलन मा ल्याएको दिन पुष १ गते २०१९ साललाई सम्मान गर्दै तथा देशको पहिचान लाई उजागर गर्दै पहिलो ऐतिहासिक झण्डा दिवस को सुरुवात भएको छ ।

राष्ट्रिय धरोहर संरक्षण महाभियान नेपाल नामक संस्था सुरुवात गरि नेपालि युवाहरुले झण्डालाई सम्मान गर्दै यो दिवस सुरुवात गरिएको अभियान का संयोजक तथा परिकल्पनाकार राजानन्द माण्डव्यले जानकारी दिए । नेपाल एक स्वतन्त्र सार्वभौम सम्पन्न रास्ट्र हुदै गर्दा पनि हाम्रो झण्डा राजनैतिक कुद्रिस्टिले कहिले पनि स्वतन्त्र हुन नसकेको र अब यो झण्डा स्वतन्त्र हुनुपर्ने र राजनैतिक झण्डा संग यसलाई दाज्न नमिल्ने उनले जानकारी दिए ।

२०६९ सालदेखि नै नेपालको राष्ट्रिय पोशाक को लागि अनवरत अभियान गर्दै आएका अभियन्ता हरुले नै झण्डा दिवस को सुरुवात गरेका हुन् । काठमाण्डौ को बसन्तपुर दरवार मा जम्मा भै त्यहाबाट न्युरोड,रत्नपार्क,भद्रकाली हुदै माइतिघर मण्डला मा कोण सभा गरिएको थियो । कार्यक्रम गैर राजनैतिक सामाजिक अभियन्ता हरुले झण्डा सहितको र्याली निकाली अब हरेक बर्ष पुष १ गते भब्य सभ्य रुपले अभियान अघि बढाउने तथा सरकारलाई समेत झण्डा दिवस मनाउन आह्वान गर्ने अभियान्ता श्याम बजगाईले जनाए ।
 
मेरो आफ्नै शान छ,दौरा सुरुवाल टोपी लगाउदा, नारीको सम्मान छ फरिया र चोली लगाउदा भन्ने गित गाउदै गायक रामहरी न्यौपाने ले स्वाभिमान कहिले नझुक्ने र अभियान सदै जीवित राख्ने बताए ।  माइतिघर मण्डला मा रहेको झण्डा निर्माण अभियान्ता पुरन गिरीले यो अभियान गर्नु हाम्रो गर्वको कुरा हो र अब निरन्तर लागिरहने संकल्प व्यक्त गरे ।
 
अभियानमा युवा अभियन्ता निगम हुमागाई,सरोज बानिया,नेपालको राम लगायत सयौ अभियन्ताको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ