कर्मचारी समायोजमा समान व्यवहार नभएको भन्दै विरोधको कार्यक्रम सार्वजनिक
प्रकाशित २०७५ पुष १ आइतबार
269
Shares
मलंगवा। नेपाल सरकारबाट २०७५ मंसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश मार्फत पेशागत स्थायित्व र कर्मचारी समायोजनका लागि सवै सेवा बिच समान व्यवहार नभएको भन्दै स्थानीय तह संयुक्त कर्मचारी संघ संगठन सर्लाहीले आइतबार पत्रकार समेलन गरेर विरोधको कार्यक्रम सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा गरिएको तथा स्थानीय तह संयुक्त कर्मचारी संघ संगठनको आयोजनामा गरीको पत्रकार समेलनमा विभिन्न माँगहरु राख्दै पौष २ गते सांकेतिक विरोध स्वरुप देशभरका स्थानीय तहमा कामकाज बन्द गरी कार्यालय परिषरमै धर्ना वस्ने, पौष ३ गते विहान १० बजे देखी १२ बजे सम्म सवै स्थानीय तहका कार्यालयहरुमा कालो पटी बाधी कामकाज ठप्प गर्ने कार्यक्रमहरु तय गरेको छ ।
त्यस्तै पौष ४ गते विहान १० बजे देखी २ बजे सम्म सवै स्थानीय तहका कार्यालयहरुमा कालो पटी बाधी कामकाज ठप्प गर्ने , पौष ५ गते विहान १० बजे देखी ३ बजे सम्म सवै स्थानीय तहका कार्यालयहरुमा कालो पटी बाधी कामकाज ठप्प गर्ने, पौष ६ देखी ८ गते सम्म सवै स्थानीय तहमा कालो पटी बाधी दिनभर कामकाज ठप्प गर्ने,९ गते देखी १० गते सम्म सवै स्थानीय तहका कार्यालयहरुमा कामकाज ठप्प गर्ने र पौष ११ गते १० गतेको विरोध सभा पश्चात वस्ने समन्वय समितिको वैठकले आन्दोलनका थप कडा कार्यक्रमहरु तय गरी निर्देशन गर्ने स्थानीय तह संयुक्त कर्मचारी संघका जिल्ला अध्यक्ष चित्र बहादुर विश्वकर्माले जानकारी दिए ।