घ्यावाबाट फर्किएको मिनिट्रक घ्याङडाँडाको भीरबाट खस्यो : धेरै संख्यामा हाताहाती भएको अनुमान
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
342
Shares
नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनामा धेरै जनाको हाताहाती भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको बताइएको छ ।
शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएकाको उद्धारका लागि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।