arrow

मोहन हत्याको मुख्य योजनाकारको आरोपमा ३ जना पक्राउ

logo
मुरली गोडिया,
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
hattaya_kand.jpg

बर्दिया ।  बर्दियाको बढैयाताल गाउँपालिका ३ गोव्रेपुरुका ३५ वर्षीय मोहन खटिकको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय मैनापोखरले ३ जनालाई पक्राउ गरेको छ । हत्याको योजनाकारको आरोपमा बढैयाताल गाउँपालिका ३ गोब्रेपुरका लक्षु भनिने ४५ वर्षिय लक्षिराम खटिक, सतपतियाका ४५ वर्षिय शालिकराम खटिक र २५ वर्षिय राजेन्द्र खटिकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले बिहिबार विहान पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मृतक खटिकलाई पुरानो रिसिईबी तथा आर्थिक लेनदेनका कारण गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धाले देखाएको छ । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले प्रहरीलाई दिईएको बयान, कलडिटेल रेकर्ड, पीडितको किटानी जाहेरी घटना स्थलको सवुत प्रमाणको आधारमा उनीहरुलाई पक्राउ गरीएको बताए ।

मृतकी श्रीमती समरी खटिकले कात्तिक २२ गते दिएको जाहेरीका आधारमा मनोरथ भनिने मनोहर खटिक र राम जुगेस खटिकलाई पनि अनुसन्धानका क्रममा हिरासतमा राखिएको जनाएको छ । हत्याका मुख्य आरोपी भारतीय नागरीक भएको इलाका प्रहरी कायालयले जनाएको छ ।

३२ र ३३ बर्षका दुइजना पेशेवार अपराधीको प्रयोग भएको अनुसन्धानबाट खुलेको छ । कार्तिक ११ गते राती १ बजेको समयमा खटिककै घरमै सुतिरहेको बेलामा उनलाई गोली हानिएको थियो । घाईते अवस्थामा भेटिएका उनिलाई उपचारको लागी नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा उनको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ