मानव तस्करीको डरलाग्दो अवस्था : एकै महिला ४३ हजार भन्दा बढी पटक बलात्कृत !
हाम्रा कुरा
प्रकाशित २०७५ असोज ६ शनिबार
980
Shares
काठमाडौं। तपाइ यस्तो पनि हुन सक्छ भनेर सुन्दा पनि आश्चर्यमा पर्न सक्नुहनेछ। तर यो सत्य घटना हो। घटनाका पात्रले स्वयंले यो कुरा बताएपछि संसारभरकै मानिसहरु आश्चर्यमा परेका थिए।
अमेरिकाको मेक्सिको शहरमा बस्ने कार्ला जैसिंटोमाथि ४३ हजार भन्दा बढीपटक वलात्कार भएको सुन्दा जोसुकैको पनि आङ सिरिङग हुन्छ। तर यो वास्तविकता उनले सार्वजनिक गरेकि थिइन् ।
अन्तराष्ट्रिय समाचार संस्था सिएनएन इन्टरनेशनलले दिएको समाचार अनुसार बलात्कृत ती महिलालाई ५ बर्षको उमेरदेखि नै वलात्कार हुदै आएको बताएको छ।
सो घटनाले मानव तस्करीको डरलाग्दो अवस्थालाई पनि चित्रण गरेको छ। मानव तस्करको हातमा परेकी उनको सानै उमेरदेखि वलात्कार हुँदै आएको थियो। कार्लाको अनुसार मानव तस्करहरुले उनलाई दिनमा ३० पटक सम्म वलात्कार गरेका थिए।
कार्लाले भनेकी छन् सानैमा परिवारसँग छुट्टिनु परेका कारण पारिवारीक मोह देखिएको बताइन। आफूलाई एक नातेदारले ५ बर्षकै उमेरमा पनि वलात्कार गरेको उनले दावी गरिन्।
मानव तस्करहरुले आफूलाई अप्ठ्यारोमा पारेर भएपनि चरम यौन शोषण गरेको उनको भनाई छ।