रिहा भए कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
842
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेसँगै उनलाई रिहा गरिएको हो।
गतत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोपमा अधसकारी पक्राउ परेका थिए।
सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाए पनि सोही प्रकरणमा अन्य ११ जनाविरुद्ध भने मुद्दा चलाउने निर्णय गरेको छ।उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।