सन्दकपुर र मुखियापट्टी मुसहरनियामा प्रभु बैंकको शाखा विस्तार
प्रकाशित २०७५ जेठ २३ बुधबार
297
Shares
प्रभु बैंकले इलामको सन्दकपुर गाउँपालिका र धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ। इलामको सन्दकपुर गाउँपालिका वडा न ३ मा स्थापना भएको शाखा कार्यालयको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई र धनुषाको मुखियापट्टी मुसहरिमिया गाउँपालिका ३ मा स्थापना भएको शाखा कार्यालयको उद्घाटन उक्त गाउँपालिकाका अध्यक्ष मनोज यादवले थिए ।
कार्यक्रममा बोल्दै दुबै गाउँपालिकाका अध्यक्षले बैंकले स्थानीय तहका गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका थिए।
आजदेखि सञ्चालनमा आएका बैंकका सन्दकपुर शाखा कार्यालय र मुखियापट्टी मुसहरमिया शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गर्न पाउने बैंकको विश्वास छ।