गुल्मीका गुरुङ्ग समुदायले पहिलो पटक गर्ने भए होमस्टे महोत्सव
कौरव खत्री,
प्रकाशित २०७४ पुष ६ बिहिबार
982
Shares
गुल्मी । गुल्मीमा पहिलो पटक प्रथम होमस्टे महोत्सव हुने भएको छ । मुसिकोट नगरपालिका वडा नं. ६ स्वाँरामा रहेको गुरुङ्ग समुदायहरुले यहि पौष १०–१३ सम्म स्वाँरा होमस्टेको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ प्रथम होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुल बहादुर गुरुङ्गले जानकारी दिए ।
महोत्सवमा गुरुङ्ग समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत साँस्कृतिक झलकहरुको साथमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती तथा खेलकुद लगायत होमस्टे महोत्सवका मुख्य आकर्षण रहने युवा समाजसेवी गुरुङ्गले जानकारी दिए ।
२०६८ सालदेखि सञ्चालन गरिएको स्वाँरा होमस्टे सञ्चालन गरिएता पनि होमस्टेको उचित प्रचार प्रसार नहुदा र यातायातको भरपर्दो व्यवस्था नहुदा समेत स्वाँरा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउनेको संख्या कम हुदै गएपछि गुरुङ्ग समुदायहरुद्धारा सञ्चालन गरिएको स्वाँरा होमस्टेलाई ओझेलमा पर्न नदिन अझ यसको व्यापक प्रचार प्रसार गर्न समेत महोत्सव आयोजना गरिएको समितिले जनाएको छ ।