arrow

काँग्रेस क्रियाशील सदस्यहरुलाई चुनावी प्रशिक्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
congress-flag.jpg

बुटवल । आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ र प्रदेश सभा २ अन्तरगत बिहीबार बुटवलमा बुटवल उपमहानगरपालिका वडा नं १३ का क्रियाशील कार्यकर्तालाई चुनावी प्रशिक्षण दिइएको छ ।

प्रशिक्षण सभाको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नं २ का सभापति हरि लम्सालले रुपन्देहीमा नेपाली काँग्रेस र रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार युवाराज गिरी तथा प्रदेशसभा २(१) र २(२) का उम्मेदवारहरू क्रमशः काजिमान श्रेष्ठ र महेशमान सिंहप्रति जनलहर बढ्दै गएकोले बामपन्थीहरू निक्कै अत्तालिएको बताए । उनले कम्युनिष्टहरूले काँग्रेसका उम्मेदवारप्रति बढ्दो जनलहर देखेपछि अत्तालिएर काँग्रेसले गरेका विकास निर्माणका कार्यहरुलाई विभिन्न बहाना बनाएर आफूले जश लिने प्रयत्नमा लागेको आरोप समेत लगाए ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ का प्रचारप्रसार संयोजक रामबहादुर कार्की, तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, काँग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खिलराज पाण्डे, बुटवल उपमहानगरपालिका १३ का काँग्रेस सभापति पुरुषोत्तम बस्याललगायतले नेपाली काँग्रेसप्रति जनलहर बढेर गएकोले काँग्रेसको जीत सुनिश्चित भएको बताए । 

प्रशिक्षण समारोहमा प्रजातन्त्रवादी प्राध्यापक संघ प्रदेश नं ५ का संयोजक मदन कट्टेल, तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशीले चुनावी प्रशिक्षण दिएका थिए । रुपन्देही क्षेत्र नं २ (२) का प्रचारप्रसार संयोजक हरिबहादुर आचार्यको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा धन्यवाद ज्ञापन सहसंयोजक डिल्लीप्रसाद आचार्यले गरेका थिए भने सञ्चालन प्रचारप्रसार सचिव नुमा थापाले गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ