हेटौंडा बजारमा सडक आसपासका २५ मिटरको घर भत्काउन सूचना
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
719
Shares
हेटौँडा । डिभिजन सडक कार्यालय मकवानपुर हेटौंडाले डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबायाँ सडक सिमा भित्र अनाधिकृत रुपमा बनेका संरचना यथासक्य छिटो हटाउन फेरि सुचना जारी गरेको छ । सोमबारको अन्नपूर्ण पोष्ट दैनिक पत्रिकामा संरचना यथासक्य छिटो हटाउन भन्दै डिभिजन सडक हेटौँडाले सूचना जारी गरेको हो ।
गत वर्ष माघबाट डिभिजन सडक कार्यालय हेटौंडाले सडकको दायाँबायाँको २५/२५ मिटर फराकिलो पार्ने कार्य गरेको भएतापनि सर्वोच्च अदालतमा मुद्धा परेपछि यो कार्य रोकिएको थियो। यस विषयमा बुझ्दा डिभिजन सडक कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले यो कार्य डिभिजन सडक कार्यालयको नियमित प्रकृया भएको र दायाँबायाँको २५/२५ मिटर फराकिलो पार्ने कार्यलाई यथावत रुपमा लैजानकालागि सूचना जारी गरिएको बताए ।