arrow

काँग्रेसको निर्णय : उम्मेदवार छान्ने समितिबाट महाधिवेशन प्रतिनिधि हटाइयो

पुरानै सर्कुलर अनुसार सिफारिस गर्न परिपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
CONGres-new-pic.JPG.jpeg

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार सिफारिस समिति संशोधन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पदाधिकारी र कार्यसम्पादन समितिका उपलब्ध सदस्य बैठकले वैशाख ११ गते जिल्लामा गरेको परिपत्रलाई सच्चाई संयन्त्रमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई राख्नु नपर्ने निर्णय गरेको हो ।  

बैठकले उम्मेदवार सिफारिस समिति संशोधन गर्दै पुरानै सर्कुलर अनुसार सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने जिल्लास्तरीय पुरानै संयन्त्रलाई यथावत् राखेको छ ।

यसअघि काँग्रेसको उम्मेदवार सिफारिस समिति जम्बो आकारको थियो । समिति ठूलो हुँदा बिभिन्न मतहरु आउने हुँदा उम्मेदवार सिफारिस गर्न गाह्रो भएकाले संशोधनको माग उठेको थियो । पार्टीले सोमबार जिल्लास्थित संयन्त्रमा सम्बन्धित जिल्लाका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई पनि थप गर्न परिपत्र गरेको थियो । जिल्लाबाट उम्मेदवार चयन गर्ने संयन्त्र ठूलो हुँदा निर्णय गर्न अफ्ठ्यारो हुने गुनासो आएपछि पुरानै परिपत्रानुसार काम गर्न पार्टीले आज परिपत्र गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले गत चैत १६ गते पार्टीका स्थानीय संरचनामा संयन्त्र बनाई उम्मेदवार चयन गरिने परिपत्र पठाएको थियो । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठलगायत सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ