arrow

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
mugling-narayanghad-sadak-03-04.jpg

काठमाडौँ । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। आज बिहान १७ किलो र सिमलताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि उक्त सडक मार्ग अवरुद्ध बनेको थियो।

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी तथा इन्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुङ्गा र सिमलताल नजिक खसेको लेदोसहितको पहिरो पन्छाएर सुरुमा सडक एकतर्फी रूपमा खुलाइएको थियो।

 त्यसपछि क्रमशः सवारी चाप कम गर्दै लगेर दुवै ठाउँको पहिरो पूर्ण रूपमा हटाएपछि दिउँसो ३:१५ बजेदेखि सडक दुईतर्फी रूपमा पूर्ण रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ