arrow

म्याग्दीमा पहिरोमा परी वृद्धको मृत्यु, महिलाको सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
Myagdi-hamrakura.jpeg

काठमाडौँ । म्याग्दीमा गएरातिको अविरल वर्षाका कारण गएको पहिरोमा परी एक वृद्धको मृत्यु भएको छ भने एक महिलाको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतमा गएको पहिराले घर पुरिँदा सुतिरहेका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको हो। 

त्यस्तै धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन्।

पहिरोका कारण विभिन्न स्थानमा पशुचौपाया तथा भौतिक संरचनाहरूमा क्षति पुगेको छ भने लगातारको वर्षाले गर्दा सदरमुकाम बेनीलाई ग्रामीण भेगसँग जोड्ने अधिकांश सडकहरू अवरुद्ध बनेका छन्।

 विशेषगरी राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा बन्द भएको छ। 

अवरुद्ध सडकहरू यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित सडक योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरूले प्रयास गरिरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ