arrow

गुडिरहेको गाडीमाथि ढुङ्गा खस्दा १३ को मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
accident-india-10-04.jpg

काठमाडौँ। भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमाथि ठूलो ढुङ्गा खस्दा १३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना शुक्रबार चम्बा जिल्लाको कढुनाला-राहुली क्षेत्र नजिक भएको हो।

पहाडबाट खसेको ठूलो ढुङ्गाले सवारी साधनलाई थिच्दा त्यसको पछाडिको भागमा आगलागी समेत भएको थियो।

दुर्घटनाग्रस्त सवारी साधनमा १५ जना सवार रहेका थिए। घाइते दुई जनाको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। प्रारम्भिक जानकारीअनुसार मृतक तथा घाइते सबै स्थानीय बासिन्दा रहेका छन्।

घटनापछि स्थानीय विपद् व्यवस्थापन टोली तत्काल घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो।

सडकमा खसेको ढुङ्गा हटाउने र मर्मत गर्ने कार्यका लागि केही समय उक्त सडकखण्डमा यातायात अवरुद्ध गरिएको अधिकारीहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ