arrow

सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको ताकेता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
samsad-sachibalaya-always-81.jpg

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई कानुनबमोजिम आफ्नो सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनका लागि सङ्घीय संसद्का सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो। सांसदहरूले आर्थिक वर्ष २०८२/८३ समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो विवरण बुझाइसक्नुपर्ने कानुनी व्यवस्था छ।

संसद् सचिवालयका उपसचिव अधिराज राईका अनुसार सांसदहरूले आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरणलाई खामबन्दी गरी सांसद सुविधा व्यवस्थापन शाखामा दर्ता गर्न अनुरोध गरिएको छ। तोकिएको समयावधिभित्र सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधिहरू कानुनी कारबाहीको भागीदार हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ