arrow

बजेटसँग सम्बन्धित तीन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

राष्ट्रिय सभा आगामी साउन १५ गतेसम्मका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
narayan-dahal-17.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भएका बजेटसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै विधेयक प्रमाणीकरण भएको औपचारिक जानकारी गराइएको हो।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ प्रमाणीकरण गरेका हुन्। यी तीनवटै विधेयक २०८३ साल असार ३० गते प्रमाणीकरण भएका हुन्। राष्ट्रिय सभा बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयको पत्र पढेर यसबारे सभालाई जानकारी गराएका थिए।

बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिन्। मन्त्री गौतमले संवैधानिक व्यवस्था अनुरूप नै उक्त वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरिएको जानकारी दिइन्।

विधेयक प्रमाणीकरणको जानकारी र प्रतिवेदन पेस गरिएसँगै राष्ट्रिय सभाको बैठक दुई हप्ताका लागि पर सारिएको छ। राष्ट्रिय सभाको अर्को बैठक आगामी साउन १५ गते शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ